काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने, फिल्मका लागि इनडोर/आउटडोर छायांकन स्टुडियो

काठमाडौं । सरकारले सञ्चार तथा प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने भएको छ । साथै, निजीसँगको साझेदारीमा एआई सेन्टर बनाइने पौडेलले जानकारी दिए । सरकारले डिजिटल […]

May 29, 2025 - 11:29
 0
काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने, फिल्मका लागि इनडोर/आउटडोर छायांकन स्टुडियो

काठमाडौं । सरकारले सञ्चार तथा प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने भएको छ । साथै, निजीसँगको साझेदारीमा एआई सेन्टर बनाइने पौडेलले जानकारी दिए ।

सरकारले डिजिटल पूर्वाधारको सिस्टम विकासका लागि ७४ करोड विनियोजन गरेको छ ।

सरकारले स्वदेशी तथा विदेशी फिल्म निर्माणका लागि इनडोर/आउडोर छायांकन स्टुडियो बनाउन प्रोत्साहत गर्ने भएको छ ।

साथै, फोर जी सेवा देशभर विस्तार गरिनेछ । काठमाडौंमा फाइभजी सेवा ल्याइने पौडेलले जानकारी दिए ।

साथै, सरकारले डाटा सेन्टर बनाउने योजना ल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register