जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

वीरगन्ज । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूले वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा.लि. कारखानाको अवलोकन गरेका छन् । उनलाई केएनपी जापान प्रा.लि.का निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो । राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त सोझदारीमा सञ्चालन रहेको […]

Apr 11, 2025 - 10:35
 0
जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

वीरगन्ज । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूले वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा.लि. कारखानाको अवलोकन गरेका छन् ।

उनलाई केएनपी जापान प्रा.लि.का निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो ।

राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त सोझदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्य प्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

राजदूत मेएडा टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारुकता साथ गर्ने कुरामा आशा व्यक्त गरे ।

उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए । यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register