झापामा खुल्यो ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’

झापा, ३० चैत । झापाको बिर्तामोडमा ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’ सञ्चालनमा आएको छ । विभिन्न क्षेत्रमा आवद्ध एक सय १४ जनाको लगानीमा कम्पनी सञ्चालनमा आएको हो । कम्पनीको जारी पुँजी रू छ करोड ६० लाख र चुक्ता पुँजी रू पाँच करोड २८ लाख रहेको छ । कम्पनीको बारेमा जानकारी दिने उद्देश्यले झापाको बिर्तामोड आज आयोजित [...] The post झापामा खुल्यो ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’ appeared first on Jhapa Online.

Apr 11, 2025 - 19:38
 0
झापामा खुल्यो ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’

झापा, ३० चैत । झापाको बिर्तामोडमा ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’ सञ्चालनमा आएको छ ।

विभिन्न क्षेत्रमा आवद्ध एक सय १४ जनाको लगानीमा कम्पनी सञ्चालनमा आएको हो । कम्पनीको जारी पुँजी रू छ करोड ६० लाख र चुक्ता पुँजी रू पाँच करोड २८ लाख रहेको छ ।

कम्पनीको बारेमा जानकारी दिने उद्देश्यले झापाको बिर्तामोड आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष यामकुमार चुडालले विभिन्न सात वटा उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न कम्पनीबाट निष्काशित शेयर, नाफामूलक क्षेत्रसँगै विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने लक्ष्य रहेको अध्यक्ष चुडालले बताउनुभयो ।

“आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवद्र्धन लगायतका क्षेत्रहरु लगानी गर्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “आधुनिक कृषिसँग सम्बन्धित क्षेत्रमा समेत लगानी गर्ने योजना छ ।”

अधिकृत पूँजी रू २० करोड रहने कम्पनीले निकट भविष्मै राइट शेयर र आईपीओ मार्फत कम्पनीको पुँजी बृद्धि गर्दै लाने जनाइएको छ ।

The post झापामा खुल्यो ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register