भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु

भोजपुर। भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख […]

Apr 13, 2025 - 02:11
 0
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु

भोजपुर। भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register