ठमेलमा आगलागी, ६५ लाखको क्षति

काठमाडौं । स्थानीय ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना […]

Feb 1, 2025 - 10:43
 0
ठमेलमा आगलागी, ६५ लाखको क्षति

काठमाडौं । स्थानीय ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register