सरकारी प्रतिवेदनको दाबी- ‘हाइड्रोको लगानी जोखिममा छ’ 

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत क्षेत्रमा गरिएको लगानी जोखिममा रहेको बताएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । आयोगले ‘उच्चस्तरीय आर्थिक सुझाव आयोग’ प्रतिवेदन गत शुक्रबार अर्थमन्त्री पौडेललाई बुझाएको थियो ।  उक्त प्रतिवेदनमा जलविद्युत उत्पादनको अनुमति अवधि ५० वर्ष […]

Apr 13, 2025 - 05:32
 0
सरकारी प्रतिवेदनको दाबी- ‘हाइड्रोको लगानी जोखिममा छ’ 

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत क्षेत्रमा गरिएको लगानी जोखिममा रहेको बताएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

आयोगले ‘उच्चस्तरीय आर्थिक सुझाव आयोग’ प्रतिवेदन गत शुक्रबार अर्थमन्त्री पौडेललाई बुझाएको थियो । 

उक्त प्रतिवेदनमा जलविद्युत उत्पादनको अनुमति अवधि ५० वर्ष भएको र अवधि सकिएपछि जलविद्युत कम्पनीहरुले स्थानीय र सर्वसाधारणका लागि जारी गरेको सेयर के हुन्छ ? भन्ने अन्योल रहेको उल्लेख गरिएको छ । 

अर्कोतर्फ हाल नेप्सेमा सूचीकृत भएका कतिपय कम्पनीको नेटवर्थ ऋणात्मक हुँदा पनि उच्च मूल्यमा कारोबार भइरहेको उल्लेख गर्दै प्रतिवेदनमा जलविद्युतमा गरिएको लगानी भविष्यमा डुब्ने जोखिम रहेको उल्लेख गरिएको छ । हाल नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीको संख्या ९१ छ । आउँदो वर्ष यो संख्या थप बढ्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register