गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा सीसीटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अपराध नियन्त्रण र निगरानी प्रणाली सुदृढ बनाउनका लागि विभिन्न स्थानमा जडान गरिएका ७२ वटा सीसीटीभी क्यामेरा प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ । गोकर्णेश्वर-५ को सभाहलमा सम्पन्न एक विशेष समारोहमा नगरप्रमुख दीपकप्रसाद रिजालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई क्यामेरा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले समाजमा […]

Apr 13, 2025 - 11:41
 0
गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा सीसीटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अपराध नियन्त्रण र निगरानी प्रणाली सुदृढ बनाउनका लागि विभिन्न स्थानमा जडान गरिएका ७२ वटा सीसीटीभी क्यामेरा प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ ।

गोकर्णेश्वर-५ को सभाहलमा सम्पन्न एक विशेष समारोहमा नगरप्रमुख दीपकप्रसाद रिजालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई क्यामेरा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अधिकारीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न स्थानीय निकाय र प्रहरी प्रशासनबीचको सहकार्य अत्यावश्यक रहेको धारणा व्यक्त गरे । उनले गोकर्णेश्वर नगरपालिकाले सीसीटीभी जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको कार्यप्रति कृतज्ञता प्रकट गर्दै यस कदमले आपराधिक गतिविधिहरूको निगरानी र अनुसन्धानमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाले ४० लाख बजेटबाट अरब बैङ्कदेखि दक्षिणढोका हुँदै जोरपाटी र बीपी चोक सुन्दरीजलसम्म विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको हो । जडान गरिएका ७२ मध्ये २० वटा सीसीटीभी क्यामेराको निगरानी प्रहरी चौकी जोरपाटीबाट तथा बाँकी ५२ वटा क्यामेराको निगरानी प्रहरी प्रभाग गोकर्णबाट गरिने व्यवस्था मिलाइएको छ ।

नगरपालिकाले लिएको यो कदम अपराध नियन्त्रणमा प्रविधिको प्रयोग गर्दै समुदायको सुरक्षामा योगदान पुर्‍याउने प्रयासको रुपमा हेरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register