दस वर्ष बित्दा पनि बिजुली  बाल्ने सपना अधुरै

मुगु।  कर्णाली प्रदेशकै अति विकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी क्षेत्रमा बिजुली बत्ती बाल्ने जनताको सपना अझै अधुरो छ। १८ महिनामा सम्पन्न गर्नु पर्ने बिरा बगर जलविद्युत आयोजना स्थापनाको दश वर्ष पूरा हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। खत्याड गाउँपालिकामा हालसम्म विद्युतको राष्ट्रिय  प्रसारण लाइन पुगेको छैन। ‘हामी खत्याडबासीले कहिले बिजुली देख्न […]

Apr 14, 2025 - 09:39
 0
दस वर्ष बित्दा पनि बिजुली  बाल्ने सपना अधुरै

मुगु। 

कर्णाली प्रदेशकै अति विकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी क्षेत्रमा बिजुली बत्ती बाल्ने जनताको सपना अझै अधुरो छ।

१८ महिनामा सम्पन्न गर्नु पर्ने बिरा बगर जलविद्युत आयोजना स्थापनाको दश वर्ष पूरा हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

खत्याड गाउँपालिकामा हालसम्म विद्युतको राष्ट्रिय  प्रसारण लाइन पुगेको छैन। ‘हामी खत्याडबासीले कहिले बिजुली देख्न पाउने ? बिरा बगर आयोजना वर्षौँ भइसक्यो, अझै पूरा भएको छैन। हाम्रा सपना अधुरै हुने भए,’ खत्याड-२   वडा  अध्यक्ष हेमरा मल्लले गुनासो गरे।

बिजुली नहुँदा गाउँमा साना तिना उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको शाहीले बताए ।  बिद्युत्  अभावका कारण खत्याड भेगमा सञ्चार सेवा समेत प्रभावित छ, कतिपय बस्तीहरू सञ्चार पहुँच बाहिर नै रहेको स्थानीय कविराज कार्कीले जानकारी गराए  । खत्याडमा इमेल, इन्टरनेट परको कुरा भयो, चाहेको ठाउँबाट फोन गर्नसमेत नसकिने अवस्था छ,” कार्कीले  भनाई छ । यो समस्या केवल शाही र कार्कीको मात्र नभएर खत्याडीबासी सबैको साझा पीडा बनेको छ।

खत्याडी भेगका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय घरधुरीलाई लक्षित गरी बिरा बगर जलविद्युत आयोजना स्थापना गरिएको थियो। २०६९ सालमा परियोजनाको डिपिआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादन तर्फ र २०७५ भदौ ६ गते वितरण तर्फ बोलपत्र आह्वान गरिएको थियो।

२०७५ मङ्सिर १५ मा उत्पादन तर्फ मेगा फेवा जेभी र प्रसारण तर्फ कस्मिक इलेकट्रोनिक्ससँग १८ महिने ठेक्का सम्झौता गरिएको खत्याड गाउँपालिकाले जनाएको छ। तर, कोभिड-१९ महामारी र २०७९ असोजमा परेको भीषण वर्षाका कारण आयोजनाका संरचनाहरू पहिरोले बगाएपछि पुनः निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिए।

अध्यक्ष शाहीका अनुसार  ‘बिद्युतको मुहानको काम  बाहेक अरू सबै काम सकिएकाले अबको  दुई महिनामा  २०८१ जेठ सम्म बिरा बगर जल बिद्युत् आयोजनाको सबै काम सम्पन्न हुने र  खत्याडी जनताको वर्षौंदेखिको बिजुली  बत्ती बाल्ने सपना पूरा  हुने छ ।’

आयोजनाको कुल लागत २७ करोड ५५ लाख ८ हजार २ सय ५४ रुपैयाँ रहेको छ भने यसको कुल विद्युत् उत्पादन क्षमता ५०० किलोवाट बताइएको छ।

यस आयोजनाका लागि एसियन डेभलपमेन्ट बैङ्क (ADB) को अनुदान, माछापुच्छ्रे बैङ्कको १० प्रतिशत ऋण तथा सहकारीको १० प्रतिशत आन्तरिक व्यवस्थापन गरी कुल लागत जुटाइएको छ। विकास र समृद्धिको मुख्य आधार बिजुली भएकाले आयोजना छिटो सम्पन्न भई खत्याडीबासीले दशकौँदेखिको सपनालाई साकार पार्ने अपेक्षा गरिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register