ट्रम्पको आरोप – युक्रेन युद्धको जिम्मेवार जेलेन्स्की, पुटिन र बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको जिम्मेवार तीन व्यक्ति भएको आरोप लगाएका छन् । ट्रम्पकाअनुसार ती तीन व्यक्ति युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति जो बाइडन हुन् । तीन जनाको कारण लाखौं मानिस मारिएको ट्रम्पको आरोप छ । एल साल्भाडोरका राष्ट्रपतिसँगको भेटपछि ट्रम्पले भने, “जब तपाईं युद्ध सुरु गर्नुहुन्छ, […]

Apr 15, 2025 - 07:29
 0
ट्रम्पको आरोप – युक्रेन युद्धको जिम्मेवार जेलेन्स्की, पुटिन र बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको जिम्मेवार तीन व्यक्ति भएको आरोप लगाएका छन् ।

ट्रम्पकाअनुसार ती तीन व्यक्ति युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति जो बाइडन हुन् ।

तीन जनाको कारण लाखौं मानिस मारिएको ट्रम्पको आरोप छ । एल साल्भाडोरका राष्ट्रपतिसँगको भेटपछि ट्रम्पले भने, “जब तपाईं युद्ध सुरु गर्नुहुन्छ, तपाईंले युद्ध जित्न सक्नुहुन्छ भन्ने कुरा जान्नुपर्छ ।”

यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा घातक आक्रमण गरेको थियो । यसमा धेरै मानिसहरू मारिए । यस विषयमा व्यापक आक्रोश व्यक्त गरिएको थियो । ट्रम्पको यो बयान यसपछि आएको हो ।

यता, जेलेन्स्कीले ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register