यमनको बन्दरगाहमा अमेरिकाको भीषण हवाई हमला, ३८ जनाको  मृत्यु

काठमाडौं ।  यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तीमा ३८ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले उल्लेख गरेका छन् । र, यमनको अल मसिराह टिभीले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै बिहीबारको आक्रमणमा १०२ जना घाइते भएको समेत […]

Apr 18, 2025 - 11:13
 0
 यमनको बन्दरगाहमा अमेरिकाको भीषण हवाई हमला, ३८ जनाको  मृत्यु

काठमाडौं । 

यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले उल्लेख गरेका छन् । र, यमनको अल मसिराह टिभीले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै बिहीबारको आक्रमणमा १०२ जना घाइते भएको समेत जनाएको छ। 

युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हवाइ हमलाहरू हुथीहरूको कोष र स्रोतहरू कटौती गर्ने उद्देश्यका साथ सो हमला गरिएको बताइएको छ । ‘यी हमलाहरूको उद्देश्य हुथीहरूको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु थियो, जसले शोषण जारी राख्छन् र आफ्ना देशवासीहरूलाई ठूलो पीडा दिन्छन्’ सेन्टकमले सोशल मिडियामा पोस्टमार्फत भनेको छ।

 तर, पेन्टागनले बढ्दो हुथी समुहको मृत्युको संख्यामा टिप्पणीको लागि अनुरोधका बारेमा भने तुरुन्तै प्रतिक्रिया नदिएको अलजजिराले जनाएको छ।

 उसका अनुसार अमेरिकी हवाई हमलाहरूले विभिन्न क्षेत्रहरूमा आक्रमण गरेका छन्, त्यसमा पनि सबैभन्दा बढी बन्दरगाह आसपास र सुविधा वरपर केन्द्रित रहेको देखिन्छ ।

 ‘मानिसहरू काम गरिरहेका बेला पहिलो चारवटा हवाई हमला गरिएको थियो, जुन हवाई आक्रमणले कर्मचारीहरूलाई आश्चर्यचकित तुल्यायो,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यस समयमा घटनास्थलमा रहेका ट्रक चालकहरू समेत मारिएका छन् ।’

 अमेरिकी आक्रमणले यमनमा सर्वसाधारण नागरिकको अनाहकमा मृत्यु भएको छ । यमनको करिब ७० प्रतिशत आयात र ८० प्रतिशत मानवीय सहायता रस इसा, होदेइदाह र अस सलिफ बन्दरगाहहरूबाट आउने जाने गर्दछन् ।

 अल मसिराह टिभीले शुक्रबार बिहान सामाजिक सञ्जालमा साझा गरेको भिडियो फुटेजमा रास इसा बन्दरगाहमा आकाशमा ठूलो विस्फोट भएको देखाइएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register