बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु (तस्वीरहरू)

काठमाडौं । नेपाल सरकारले आज शनिवारदेखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले शनिवारदेखि ७५३ वटै स्थानीय पालिकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र […]

Apr 19, 2025 - 06:17
 0
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु (तस्वीरहरू)

काठमाडौं । नेपाल सरकारले आज शनिवारदेखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

सरकारले शनिवारदेखि ७५३ वटै स्थानीय पालिकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन् ।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामका लागि  २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको हो । प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

तस्वीरहरू:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register