यी हुन् मकवानपुरगढी भ्यान दुर्घटनाका मृतक तथा घाइतेहरु

हेटौंडा । मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिका २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरकाे इलेक्ट्रिक भ्यान (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको […]

Apr 18, 2025 - 03:32
 0
यी हुन् मकवानपुरगढी भ्यान दुर्घटनाका मृतक तथा घाइतेहरु

हेटौंडा । मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिका २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरकाे इलेक्ट्रिक भ्यान (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको  र मगरको शव दुर्घटनास्थलमा फेला परेको प्रवक्ता अर्यालले बताए । अन्य घाइतेको हेटाैँडा स्थित सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घाइते हुनेहरूमा भ्यानका चालक सर्लाही बागमती गाउँपालिका ५ बस्ने बर्ष २९ को कमल बहादुर दर्लामी, रौतहट दुर्गा भवानिपुर गाउँपालिका ५ बस्ने बर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका ८ बस्ने बर्ष ५२ को शिवशंकर राय, सर्लाही बस्ने शिवशंकर रायको श्रीमती बर्ष ४५ की रिकिदेवी राय छन् । यसैगरी  सर्लाही बरहथवा नगरपालिका ९ बस्ने बर्ष २७ को मनोज राय, सर्लाही हरिहरपुर नगरपालिका १ बस्ने बर्ष २७ को नवराज मगर, सोही ठाउँ बस्ने बर्ष १६ की प्रियंका मगर, बर्ष १५ को सृजन मगर, बर्ष ४० की जमुना मगर, बर्ष १९ को सुदिप रिसाल छन् । यस्तै, सर्लाही विष्णुपुर गाउँपालिका ३ मधुवनगोठ बस्ने बर्ष २७ को देवराज कुमार साह, बर्ष ४२ की किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका ७ बस्ने वर्ष १६ कि युनिका दर्लामी मगर, महोत्तरी गौशाला गाउँपालिका ५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register