वर्षाका कारण खेल रद्द भएपछि रोकियो नेपालको विश्वकपका लागि छनोट यात्रा
काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल वर्षाका कारणा रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट बञ्चित भएको छ । वर्षाका कारण रद्द भएको खेलमा नेपाल र अफगानिस्तानले अंक बाड्दा नेट रन रेटका आधारमा माथि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो भने नेपालको छनोट यात्रा समाप्त भएको हो । नेपाल […]

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल वर्षाका कारणा रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट बञ्चित भएको छ ।
वर्षाका कारण रद्द भएको खेलमा नेपाल र अफगानिस्तानले अंक बाड्दा नेट रन रेटका आधारमा माथि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो भने नेपालको छनोट यात्रा समाप्त भएको हो ।
नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेर समान ७ अंक जोडेका थिए ।
बिहानैदेखि भइरहेको वर्षाका कारण खेलमा टस समेत हुन सकेन । शनिवार बिहान ९ बजेका लागि तय भएको खेल दिउँसो २ बजेसम्म खेलाउने तयारी भइरहेको थियो । तर मैदानको अन्तिम निरिक्षणपश्चात पिच ओशिलो भएका कारण खेल नखेलाउने निर्णयमा अम्पायरहरू पुगेका हुन् ।
खेल नहुँदा नेपाली दर्शकहरु आक्रोशित पनि देखिएका छन् । क्यानले भने सबै टिकटको फैसा फिर्ता गर्ने जनाएको छ।
समर्थकहरू आक्रोशित भएपछि पुलिस दर्शक बस्ने प्याराफिटमा पुगेका छन् ।
What's Your Reaction?






