राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि लखनऊ सुपर जाइन्टले कठिन जित हासिल गरेको छ । जयपुरमा शनिबार राति भएको खेलमा लखनऊले घरेलु टोली राजस्थामाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । लखनऊले दिएको १८१ रनको लक्ष्य राजस्थानले पूरा गर्न सकेन । राजस्थान पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १७८ रनमा सीमित […]

Apr 20, 2025 - 01:50
 0
राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि लखनऊ सुपर जाइन्टले कठिन जित हासिल गरेको छ ।

जयपुरमा शनिबार राति भएको खेलमा लखनऊले घरेलु टोली राजस्थामाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।

लखनऊले दिएको १८१ रनको लक्ष्य राजस्थानले पूरा गर्न सकेन । राजस्थान पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १७८ रनमा सीमित भयो ।

राजस्थानका लागि यशस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७४ रन बनाए पनि यो टोलीको जितमा पर्याप्त भएन ।

लखनऊका लागि आभेश खानले तीन विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो ।

उसका लागि दुई खेलाडीले अर्धशतक बनाए । एडेन मकरमले ६६ तथा आयुष बाडोनीले ५० रन जोडे । मकरम खेलको मूल्यवान खेलाडी घोषित भए ।
राजस्थानका लागि वानिडु हसरङ्गाले तीन विकेट लिए ।

जित हासिल गरेको लखनऊ १० टोलीसम्मिलित प्रतियोगिताको चौथो स्थानमा छ । आठ खेलमा पाँच जित हासिल गर्दै उसले १० अङ्क जोडेको छ । चौथो स्थानमा कायम रहे लखनऊ प्ले अफका लागि छनोट हुनेछ ।

पराजित राजस्थान भने चार अङ्कसहित लिगको आठौँ स्थानमा सीमित छ ।

शनिबार नै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सलाई सात विकेटले हराउँदै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको थियो । समान १० अङ्क हुनका बाबजुद गुजरात दोस्रो स्थानको पञ्जाब किङ्ग्स, तेस्रोको दल्ली र चौथोमा रहेको लखनऊभन्दा अघि छ ।

दिल्लीलाई ७ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register