इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक (विवरणसहित)

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ३८.६१ प्रतिशत बढीको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड खुद […]

Apr 20, 2025 - 03:14
 0
इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक (विवरणसहित)

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ३८.६१ प्रतिशत बढीको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको खुद ब्याद आम्दानी ६.५० प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशत बढेको छ । 

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा झरेको छ । बैंकको इम्पेयरमेन्ट ह्वात्तै घटेपछि बैंकको खुद नाफा बढेको हो ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९४ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ । नाफा र इपीएस बढ्दा चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register