खराब कर्जा ह्वात्तै बढेपछि हिमालयन बैंकको नाफामा पहिरो, ईपीएस घट्यो, वितरणयोग्य नाफा ७ अर्ब ऋणात्मक

काठमाडौँ । हिमालयन बैंकको खुद नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७४.३३ प्रतिशतले घटेको हो । चैत मसान्तसम्म बैंकले कुल ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ नाफा […]

Apr 20, 2025 - 07:47
 0
खराब कर्जा ह्वात्तै बढेपछि हिमालयन बैंकको नाफामा पहिरो, ईपीएस घट्यो, वितरणयोग्य नाफा ७ अर्ब ऋणात्मक

काठमाडौँ । हिमालयन बैंकको खुद नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७४.३३ प्रतिशतले घटेको हो । चैत मसान्तसम्म बैंकले कुल ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद नाफासँगै खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी ८.०८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खराब कर्जा पनि ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।

हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ । हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडाकोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा रहेको छ ।

समिक्षा अवधिमा बैंकको नाफा सँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । बैंकको ईपीएस ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register