‘बम बम भोले’ भन्दै पशुपति आए नागा बाबा (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् । सोही अवसरमा सोमबार नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा […]

Feb 24, 2025 - 06:46
 0
‘बम बम भोले’ भन्दै पशुपति आए नागा बाबा (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् । सोही अवसरमा सोमबार नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यावस्थापनलाई तिव्रता दिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register