झापामा २२ लाखको मोबाइल पार्ट्स बरामद

झापा, ७ बैशाख । झापाको दुई भिन्न स्थानबाट प्रहरीले २२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको ती सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल र पाट्स बरामद गरिएको [...] The post झापामा २२ लाखको मोबाइल पार्ट्स बरामद appeared first on Jhapa Online.

Apr 20, 2025 - 17:27
 0
झापामा २२ लाखको मोबाइल पार्ट्स बरामद

झापा, ७ बैशाख । झापाको दुई भिन्न स्थानबाट प्रहरीले २२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको ती सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल र पाट्स बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको सामानहरु बरामद भएको जनाइएको छ ।

त्यस्तै, शनिबार राति ८ बजे भद्रपुर–९ मा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइँदै गरेको २० कार्टुन मोबाइलको पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ ।अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ बस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

The post झापामा २२ लाखको मोबाइल पार्ट्स बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register