बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ । गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण […]

Apr 20, 2025 - 17:17
 0
बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ ।

गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चार दिनका लागि काम रोकेर सवारीसाधन आवतजावत गरिने उनले बताए ।

सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिइगौडा र याङ्गचुभीर खण्डमा निर्माण कार्य स्थगित गरेर सवारीसाधनलगायत यात्रुलाई आवतजावत गर्न दिइने छ । विकास निर्माणका काममा सहजताका लागि सडक निर्माणको काम रोकेर सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चैत २५ गतेदेखि सडक स्तरोन्नति सुरु भएसँगै यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । यहाँ आगामी असार मसान्तसम्म आठ सय मिटर सडक स्तरोन्नति गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register