कविता : ताली

राजेश ढुंगानामेरो आस्थामेरो विश्वासत्रिपालभित्र सोफामा बसेकानेताहरू त्र्फ फर्केरभूईँमा टुसु–टुसु बसेकाकार्यकर्ता बन्दैमात्रएउटा तालीमाअनुवाद भएको छएउटाथपडीमा शुरु भएको थियोर त्यही थपडीमै समाप्त भएको छ । व्यापकछलफलपछि पनिबिना निष्कर्ष नैसभाका सभापतिलेसभा सकिएको घोषणा पश्चातपर्र… पर्र…ताली पड्काएरमेरो वर्तमान सकिएको छविगत जस्तैभविष्य पनि सकिएको छ मैले मेरै विरुद्धमा ताली पड्काएको छुतिमीले तिम्रै विरुद्धमाताली बजाएका छौहो, हामीलेहाम्रै विरुद्धमा अन्तिम ताली पड्काएका [...] The post कविता : ताली appeared first on Jhapa Online.

Dec 20, 2024 - 13:54
 0
कविता : ताली

राजेश ढुंगाना
मेरो आस्था
मेरो विश्वास
त्रिपालभित्र सोफामा बसेका
नेताहरू त्र्फ फर्केर
भूईँमा टुसु–टुसु बसेका
कार्यकर्ता बन्दै
मात्र
एउटा तालीमा
अनुवाद भएको छ
एउटा
थपडीमा शुरु भएको थियो
र त्यही थपडीमै समाप्त भएको छ ।

व्यापक
छलफलपछि पनि
बिना निष्कर्ष नै
सभाका सभापतिले
सभा सकिएको घोषणा पश्चात
पर्र… पर्र…
ताली पड्काएर
मेरो वर्तमान सकिएको छ
विगत जस्तै
भविष्य पनि सकिएको छ

मैले मेरै विरुद्धमा ताली पड्काएको छु
तिमीले तिम्रै विरुद्धमा
ताली बजाएका छौ
हो, हामीले
हाम्रै विरुद्धमा अन्तिम ताली पड्काएका छौं ।

The post कविता : ताली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register