काठमाडौंमा मोबाइल लुट्दै हिँडेको आरोपमा तीन युवक पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थलबाट मोबाइल लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-१ घर भएका हाल काठमाडौं महानगरपालिका-३२ बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका-६ घर भएका बुढानीलकण्ठ नगरपालिका-१० बस्ने १८ वर्षीय राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका- २ घर भएका २७ वर्षीय सुरेश […]

Apr 21, 2025 - 07:12
 0
काठमाडौंमा मोबाइल लुट्दै हिँडेको आरोपमा तीन युवक पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थलबाट मोबाइल लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-१ घर भएका हाल काठमाडौं महानगरपालिका-३२ बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका-६ घर भएका बुढानीलकण्ठ नगरपालिका-१० बस्ने १८ वर्षीय राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका- २ घर भएका २७ वर्षीय सुरेश ठाकुर हजाम छन् ।

चैत ५ गते दिउँसो बसुन्धारामा उनीहरुले प्रेम तामाङले चलाएको बा २ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर लुटपाट गरेको आरोप छ । ठमेलमा सामान लिन जानु छ भन्दै टयाक्सी रोकेर र फोन गर्न भन्दै तामाङसँग मोबाइल लिएर उनीहरु भागेका थिए ।

प्रहरीले उनीहरुको साथबाट एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामदसमेत गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register