सोमबार ७.७५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 21, 2025 - 10:43
 0
सोमबार ७.७५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register