रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता, खोजी जारी 

काठमाडौँ।   रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा ३ जना बालक  बेपत्ता भएका छन् । सोमबार दिउँसो नदीमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने […]

Apr 21, 2025 - 10:57
 0
रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता, खोजी जारी 

काठमाडौँ। 

 रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा ३ जना बालक  बेपत्ता भएका छन् । सोमबार दिउँसो नदीमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।

बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करीव साढे १२ बजे बेपत्ता भएको बताइएको छ । 

घटना बारे  जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register