नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रिजाल विजयी

काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा रिजालले नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्का मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा कुल एक हजार ६५३ मत खसेको थियो। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए। यद्यपि, […]

Apr 21, 2025 - 17:13
 0
नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रिजाल विजयी

काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा रिजालले नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्का मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचनमा कुल एक हजार ६५३ मत खसेको थियो। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए। यद्यपि, सचिव र कोषाध्यक्ष पदमा भने नेविसङ्घका उम्मेदवार विजयी भएका छन्।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलले २४ महिनामा २४ ग्यारेन्टी सहित चुनावी प्रचार गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register