नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)

काठमाडौं । ब्राजिलका विश्वकप विजेता महान् फुटबलर रोबर्टो कार्लोसको नेपाल आइपुगेका छन् । उनी मङ्गलबार बिहान काठमाडौं आइपुगेका हुन् । नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ । यसअघि वैशाख ५ गते नै कार्लोस नेपाल आउने तय थियो । तर स्वास्थ्यका कारण उनको भ्रमण पछि सरेको थियो । […]

Apr 22, 2025 - 04:20
 0
नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)

काठमाडौं । ब्राजिलका विश्वकप विजेता महान् फुटबलर रोबर्टो कार्लोसको नेपाल आइपुगेका छन् । उनी मङ्गलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ ।

यसअघि वैशाख ५ गते नै कार्लोस नेपाल आउने तय थियो । तर स्वास्थ्यका कारण उनको भ्रमण पछि सरेको थियो ।

स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

एनएसएलको फाइनल यही चैत १३ गते हुँदैछ ।

यसअघि इटालियन विश्वकप विजेता गोलकिपर जियानलियुजी बुफोन पनि नेपाल आएका थिए ।

तस्वीरहरूमा हेरौं कार्लोसको नेपाल आगमन :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register