कनकाईको लक्ष्मीमार्ग : साढे सात करोडको लागतमा धामधम कालोपत्रे हुँदै

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रे [...] The post कनकाईको लक्ष्मीमार्ग : साढे सात करोडको लागतमा धामधम कालोपत्रे हुँदै appeared first on Jhapa Online.

Apr 22, 2025 - 04:36
 0
कनकाईको लक्ष्मीमार्ग : साढे सात करोडको लागतमा धामधम कालोपत्रे हुँदै

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५ लाख त्यसैगरी कोशी प्रदेश सरकारको १ करोड २० लाख रुपैयाँको लागतमा १३०० मिटर र संघीय सरकारको ५ करोड २० लाख रुपैयाँको लगातमा ३२०० मिटर सडक निर्माण भइरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडक खण्डमा विभिन्न पाँच वटा निर्माण कम्पनीले काम गरिरहेको वडा सदस्य मोहनप्रसाद संङ्ग्ग्रौलाले जानकारी दिनुभयो ।

सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने उहाँको भनाई छ । सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पु¥याउन समस्या थियो । हिउँदा धुलाम्मे र बर्खाका बेला हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका हजारौं स्थानीयबासी लाभाविन्त हुने वडा न ४ का वडाध्यक्ष सुवेदीको भनाई छ।

“पूर्वपश्चिम राजमार्गसँग जोड्ने यो सडक हाम्रो कनकाई–४ को एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्नुहुन्छ, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।” थोरै थोरै बजेटबाट केही सडक खण्ड कालोपत्रे गरिएको बताउनुहुँदै उहाँले प्रदेश र संघीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्रे सम्पन्न गर्न सफलता मिल्न लागेको सुनाउनुभयो । वर्षा शुरु हुनुपूर्व बैशाख मसान्तभित्रै सडक कालोपत्रे सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

The post कनकाईको लक्ष्मीमार्ग : साढे सात करोडको लागतमा धामधम कालोपत्रे हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register