पोखराबाट नक्कली डीएसपी पक्राउ

पोखरा । पोखराबाट एकजना नक्कली प्रहरी नायक उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट नक्कली डीएसपी पक्राउ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ का चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । […]

Apr 22, 2025 - 05:26
 0
पोखराबाट नक्कली डीएसपी पक्राउ

पोखरा । पोखराबाट एकजना नक्कली प्रहरी नायक उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट नक्कली डीएसपी पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ का चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पौडेलले उक्त रेष्टुरेन्ट एन्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुरा खाएपश्चात् ‘म नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै धाक–धम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register