दानव नदीमा बेपत्ता २ बालकको शव फेला

रुपन्देही, ९ बैशाख । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान फेला परेको हो। उनीहरू दुवै सोही स्थानका स्थानीय बासिन्दा हुन्। सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा [...] The post दानव नदीमा बेपत्ता २ बालकको शव फेला appeared first on Jhapa Online.

Apr 22, 2025 - 05:24
 0
दानव नदीमा बेपत्ता २ बालकको शव फेला

रुपन्देही, ९ बैशाख । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान फेला परेको हो। उनीहरू दुवै सोही स्थानका स्थानीय बासिन्दा हुन्।

सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका थिए। तीमध्ये १४ वर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो।

बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली सोमबार राति नै परिचालन गरिएको थियो। टोलीले मंगलबार बिहान बाँकी दुई बालकको शव नदीबाट निकाल्न सफल भएको हो।

The post दानव नदीमा बेपत्ता २ बालकको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register