आमाको मुख हेर्ने दिन : मातातीर्थमा मेला (तस्वीरहरू)
काठमाडौं । आज (आइतबार) मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आज देशभर याे पर्व मनाइँदै छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको […]

काठमाडौं । आज (आइतबार) मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ ।
आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आज देशभर याे पर्व मनाइँदै छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो ।
मातातीर्थ औँसीका दिन आज काठमाडौंको थानकोटनजिकै अवस्थित मातातीर्थमा धूमधामका साथ मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गरिरहेका छन् ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झिरहेका छन् ।
हेरौँ तस्वीरमा :
What's Your Reaction?






