वामदेवले ज्ञानेन्द्र शाहलाई भने – फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियतसमेत गुम्नसक्छ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको भन्दै प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् । राजनीतिक पार्टीका नेताहरुले देशको बिकास […]

Feb 23, 2025 - 09:57
 0
वामदेवले ज्ञानेन्द्र शाहलाई भने – फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियतसमेत गुम्नसक्छ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको भन्दै प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।

राजनीतिक पार्टीका नेताहरुले देशको बिकास गरेनन् भन्ने शाहको टिप्पणीप्रति उनले निर्वाचित भइ संसद्‌बाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरि देखाउन चुनौती दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियतसमेत गुम्नसक्ने उनले बताए ।

उनले राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई सवैले स्वीकारेपनि जनतालाइ रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाइएको स्मरण गराए ।

गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register