सेनाले भन्यो – कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाले जनाएको छ । त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार एक सय ३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए […]

Jan 27, 2025 - 00:50
 0
सेनाले भन्यो – कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाले जनाएको छ ।

त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार एक सय ३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसङ्घले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।’

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।

विकसित घटनाक्रमका आधारमा राष्ट्रसङ्घको निर्देशनअनुरुप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ ।

केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’ नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register