भारतीय कपडा चोरीपैठारी गर्नेविरुद्ध २१ करोडको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा इटहरी सुनसरीस्थित श्याम वस्त्रालयका सञ्चालक श्यामप्रसाद गुप्ताविरुद्ध बिगो र जरिवानासहित २१ करोड ३७ लाख ११ हजार रुपियाँको मुद्दा दायर गरेको छ । विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीले गुप्ताविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासमा अभियोगपत्र दायर गरेको हो । विभागका अनुसन्धान […]

Apr 28, 2025 - 03:46
 0
भारतीय कपडा चोरीपैठारी गर्नेविरुद्ध २१ करोडको मुद्दा

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा इटहरी सुनसरीस्थित श्याम वस्त्रालयका सञ्चालक श्यामप्रसाद गुप्ताविरुद्ध बिगो र जरिवानासहित २१ करोड ३७ लाख ११ हजार रुपियाँको मुद्दा दायर गरेको छ ।

विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीले गुप्ताविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासमा अभियोगपत्र दायर गरेको हो । विभागका अनुसन्धान टोलीले श्याम वस्त्रालयमा खानतलासी गरी अनुसन्धान गर्दा सो फर्मका सञ्चालक गुप्ताले राजस्व चुहावट ऐनविरुद्धको राजस्व चुहावटको कसूर गरेको पत्ता लगाएको थियो ।

गुप्ताले भारतबाट गैरकानुनी रुपमा कपडा ल्याउने क्रममा त्यति धेरै राजस्व छली गरेको पाइएको विभागका अधिकारीहरुले जनाएका छन् ।

गुप्ताले गरेको राजस्व चुहावटको प्रकृति, गाम्भीर्यता, तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट ऐन २०५२ को दफा २ (‘छ’को ‘क’) बमोजिम १० करोड ६८ लाख ५५ हजार ७ सय ९५ रुपियाँ बिगो कायम गरी सो ऐनको दफा २३ (क) बमोजिम बिगो असुलउपर गरी सो बिगोको शतप्रतिशत १० करोड ६८ लाख ५५ हजार ७ सय ९५ रुपियाँ जरिवाना गरी कुल २१ करोड ३७ लाख ११ हजार ५ सय ९० रुपियाँ असुलउपर गर्न तथा सोही ऐनको २३ (क) घ बमोजिम हदैसम्मको कैद सजायको माग दाबी लिई अभियोग दायर गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register