सरकारले भिजिलान्ते प्रयोग गरी आन्दोलन भड्कायो, सङ्घर्ष जारी छ : शिक्षक महासङ्घ

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले भिजिलान्ते प्रयोग गरी ढुंगामुढा गरेर स्थिति भड्काएको आरोप लगाएको छ । महासङ्घले आइतबार साँझ जारि गरेको विज्ञप्तिमा भनेको छ, ‘यही २०८२ वैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी […]

Apr 28, 2025 - 03:53
 0
सरकारले भिजिलान्ते प्रयोग गरी आन्दोलन भड्कायो, सङ्घर्ष जारी छ : शिक्षक महासङ्घ

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले भिजिलान्ते प्रयोग गरी ढुंगामुढा गरेर स्थिति भड्काएको आरोप लगाएको छ ।

महासङ्घले आइतबार साँझ जारि गरेको विज्ञप्तिमा भनेको छ, ‘यही २०८२ वैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ।’

बानेश्वरमा भएको प्रहरी हस्तक्षेपबाट ६२ जना शिक्षक–कर्मचारी र केही सञ्चारकर्मी घाइते भएको महासङ्घले  जनाएको छ। घाइतेमध्ये झण्डै एक दर्जनको अवस्था चिन्ताजनक रहेको भन्दै महासङ्घले  सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घटनामा घाइते भएका सबैको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग पनि महासङ्घले राखेको छ।

महासङ्घले आफूहरूसँग विगतमा भएका तीनवटा सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासङ्घले  आज २७औँ दिन पनि बिजुली बजार क्षेत्रमा आन्दोलन जारी राख्ने बताएको छ। सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने शिक्षकहरूले अडान लिएका छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register