कामु गभर्नर ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंङ्गानालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति भट्टलाई आगामी गभर्नर नियुक्त गर्ने सहमति भएसँगै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । पौडेलको सचिवालयले भन्यो, ‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि […]

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंङ्गानालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति भट्टलाई आगामी गभर्नर नियुक्त गर्ने सहमति भएसँगै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
पौडेलको सचिवालयले भन्यो, ‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि कामु गभर्नर मन्त्रालयमा आउनुभएको थियो। मन्त्रीज्यूले स्पष्ट रूपमा भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको छ।’
What's Your Reaction?






