सरकारको कामप्रति गगन थापाको असन्तुष्टि, भन्छन् – कामको गति मिलेन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको भन्दै असन्तुष्टि पोखेका छन् । नेपाली कांग्रेस पर्वत प्रदेश(ख) को प्रथम सम्मेलनलाई सम्बोधनका क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको भन्दै सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका हुन् । ‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ […]

Feb 4, 2025 - 11:45
 0
सरकारको कामप्रति गगन थापाको असन्तुष्टि, भन्छन् – कामको गति मिलेन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको भन्दै असन्तुष्टि पोखेका छन् ।

नेपाली कांग्रेस पर्वत प्रदेश(ख) को प्रथम सम्मेलनलाई सम्बोधनका क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको भन्दै सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका हुन् ।

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त?,’ महामन्त्री थापाको प्रश्न छ । उनले नेपाली कांग्रेस देशको जेष्ठ पार्टी भएको भन्दै यसलाई सम्हाल्ने धर्म पनि कांग्रेसकै भएको बताए ।

महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरू घटाउनुपर्ने र संघको शहरी विकास मन्त्रालयले पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने धारणा राखे ।

उनले नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने भन्दै निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register