शिवसताक्षीको शिवगञ्जमा बन्यो ज्येष्ठ नागरिक भवन

शिवसताक्षी, १५ बैशाख । झापाको शिवसताक्षी वडा नं. ६ ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले वडा नंं. ६ को शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो । वडा कार्यालय र साहरा नेपालको साझेदारीमा उक्त भवन निर्माण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । [...] The post शिवसताक्षीको शिवगञ्जमा बन्यो ज्येष्ठ नागरिक भवन appeared first on Jhapa Online.

Apr 28, 2025 - 10:27
 0
शिवसताक्षीको शिवगञ्जमा बन्यो ज्येष्ठ नागरिक भवन

शिवसताक्षी, १५ बैशाख । झापाको शिवसताक्षी वडा नं. ६ ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ ।

वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले वडा नंं. ६ को शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो ।

वडा कार्यालय र साहरा नेपालको साझेदारीमा उक्त भवन निर्माण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले ज्येष्ठ डेढ कठ्ठा जग्गामा १८ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । जसमा ११ लाख ५० हजार वडाको विनियोजित रकम रहेको छ ।

भवनको टिनको छाना रहेको भवनका ३० फुट चौडाई र ८० फुट लम्बाईको शौचालय सहितको भवन निर्माण भएको छ ।

भवन निर्माण भएपछि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिलिङ र खानेपानीको व्यवस्था नगरको तर्फबाट गरिदिने घोषणा गरेका छन् । माता तीर्थ औैंशीको अवसरमा वडाको आयोजनामा भएको ज्येष्ठ माता सम्मान कार्यक्रममा नगरप्रमुख थोप्राले सिलिङ लगायतका आवश्यक पूर्वाधार निर्माण गरिदिने बताएका हुन् ।

भवन निर्माण भएपछि ज्येष्ठ नागरिकलाई धेरै सहज भएको ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेलले बताए । उनले ज्येष्ठ नागरिकहरु भेला भएर भलाकुसारी गर्ने स्थानको आवश्यक थियो । त्यो पुरा भएको छ । उनले भने, भवनमा ज्येष्ठ नागरिकहरु भेला भएर भजन कृर्तन गर्ने, एक अर्काका दुःख सुख साटासाट गर्नाले दिउँसोको समय काट्न सजिलो हुने भएको छ ।

भवन निर्माण गर्नको लागि स्थानीय जन आदर्श माध्यमिक विद्यालयले निशुल्क जग्गा प्रदान गरेको थियो ।

The post शिवसताक्षीको शिवगञ्जमा बन्यो ज्येष्ठ नागरिक भवन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register