तत्काल माग सम्बोधन गर्न प्याब्सनको माग

 काठमाडौ ।  प्याब्सनले नेपाल शिक्षक महासङ्घद्वारा तय गरिएको आन्दोलनका कार्यक्रमप्रति एक्यबद्धता जनाउँदै आएको विषय सर्वविधितै छ ।  करिब  चार हप्ताभन्दालामो समयदेखि भइरहेको शैक्षिक आन्दोलन र विद्यालय बन्दका कार्यक्रमले पछिल्लो समय परिस्थिति प्रति गम्भीर बन्दै गएको उल्लेख छ । प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा महासंघको मागलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । कक्षा १२ […]

Apr 28, 2025 - 12:25
 0
तत्काल माग सम्बोधन गर्न प्याब्सनको माग

 काठमाडौ ।

 प्याब्सनले नेपाल शिक्षक महासङ्घद्वारा तय गरिएको आन्दोलनका कार्यक्रमप्रति एक्यबद्धता जनाउँदै आएको विषय सर्वविधितै छ ।  करिब  चार हप्ताभन्दालामो समयदेखि भइरहेको शैक्षिक आन्दोलन र विद्यालय बन्दका कार्यक्रमले पछिल्लो समय परिस्थिति प्रति गम्भीर बन्दै गएको उल्लेख छ । प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा महासंघको मागलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ ।

कक्षा १२ को परीक्षा स्थगन हुनु, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु, माध्यमिक एसईईको उत्तरपुस्तिका परीक्षण सुरु नहुनु जस्ता घटनाले शिक्षा क्षेत्रमा आगामी दिनम गम्भीर जटिलता निम्त्याउने जोखिम बढ्दै गएको छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई लामो समय अनिश्चितताको अवस्थामा राख्नु उपयुक्त हुँदैन। त्यसैले, हालको डेडलकलाई यथाशीघ्र अन्त्य गरी शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक पहलगर्न जरुरी देखिन्छ‘–विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सनले समग्र शिक्षाक्षेत्रको उन्नयन र सुदृढीकरणमा निरन्तर वकालतगर्दै आएको छ। निजी शिक्षाको आफ्नै विशिष्टता, दायित्व र सञ्चालनका विभिन्नपक्षहरू रहे पनि, निजी तथा सामुदायिक दुवै शिक्षा प्रणालीको शैक्षिकसत्र एकैसाथ सञ्चालनहुने भएकाले हालको अन्योल अवस्थाले थप जटिलता सृजना नहोस् भन्ने उद्देश्यले समयमै आवश्यक निर्णय र समायोजन गरिनु आवश्यक रहेको उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register