प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२: सेमीफाइनल तथा फाइनल खेलहरू जारी, विभिन्न विधामा विजेता तय

काठमाडौँ। जङ्गी अड्डामा सञ्चालन भैरहेको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न विभिन्न १५ खेलहरूबाट थुप्रै विधाका सेमीफाइनल र फाइनल खेलहरू टुंगिएका छन्। पुरुष एकल खुला तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा प्रदिप खड्का र आरभ हाडा विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।महिला डबल तर्फ सम्पन्न फाईनल खेलमा स्वस्तिका विष्ट र आईसा […]

May 9, 2025 - 16:39
 0
प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२: सेमीफाइनल तथा फाइनल खेलहरू जारी, विभिन्न विधामा विजेता तय

काठमाडौँ।

जङ्गी अड्डामा सञ्चालन भैरहेको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न विभिन्न १५ खेलहरूबाट थुप्रै विधाका सेमीफाइनल र फाइनल खेलहरू टुंगिएका छन्।

पुरुष एकल खुला तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा प्रदिप खड्का र आरभ हाडा विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
महिला डबल तर्फ सम्पन्न फाईनल खेलमा स्वस्तिका विष्ट र आईसा गुरुङ्गको सेट विजयी भएको छ ।

३५ प्लस पुरुष एकलतर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा जितेन्द्र परियार र सन्तोष खत्री विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
३५ प्लस पुरुष डबल तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा दावा सोनम शेर्पा र सन्तोष खत्रीको सेट विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।

दावा सोनम शेर्पा र सन्तोष खत्री

गगन महर्जन र भिष्म जंग गुरुङ्ग

४५ प्लस पुरुष एकलतर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा कमल बहादुर भण्डारी र रोहित सुनुवार विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।

४५ प्लस पुरुष डबलतर्फ सम्पन्न फाईनल खेलमा चन्द्र शाही र दगेन्द्र श्रेष्ठको सेट विजयी भएको छ।

५५ भन्दा बढी पुरुष एकल तर्फ सम्पन्न फाईनल खेलमा विमल कुमार गुरुङ्ग विजयी भएका छन् ।

५५ प्लस पुरुष डबल तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा निम्न अनुसारको सेट विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।

-विमल कुमार गुरुङ्ग र हिमाल शाह

-चन्द्र शाही र सुनिल गुरुङ्ग

६५ प्लस पुरुष एकल तर्फ सम्पन्न फाईनल खेलमा धुर्व गुरुङ्ग विजयी भएका छन् ।

७० वर्ष माथिका पुरुष एकल तर्फ सम्पन्न फाईनल खेलमा गनेन्द्रमान ताम्राकार विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत भोलि पुरुष डबलको दुई वटा सेमीफाइनल खेलहरू सञ्चालन हुनेछन्। साथै,पुरुष डबल, ३५ प्लस पुरुष एकल, ३५ प्लस पुरुष डबल, ४५ प्लस पुरुष एकल र ५५ प्लस पुरुष डबल विधाका फाइनल खेलहरू पनि भोलि सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register