प्रमुख सचेतकहरू र सभामुख बिच छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल जारी रहेको छ । सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल जारी रहेको हो । भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक अवरोध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । प्रमुख […]

Jun 15, 2025 - 06:31
 0
प्रमुख सचेतकहरू र सभामुख बिच छलफल जारी

काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल जारी रहेको छ ।

सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल जारी रहेको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक अवरोध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमति भएसँगै गत शुक्रबारबाट अवरोध गर्न छाडेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले अवरोध जारी राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register