पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्रीबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे ‘सकारात्मक छलफल’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे ‘सकारात्मक छलफल’ भएको […]

Apr 28, 2025 - 14:44
 0
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्रीबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे ‘सकारात्मक छलफल’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे ‘सकारात्मक छलफल’ भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले भारतको कश्मीर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register