सार्क कार्यक्रम समितिको बैठक काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ६०औं कार्यक्रम समिति (प्रोग्रामिङ कमिटी)को बैठक आइतबारदेखि काठमाडौंस्थित सार्क सचिवालयमा सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा सदस्य राष्ट्रका प्रतिनिधि, सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुख र सचिवालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ । बैठक नेपालको अध्यक्षतामा सञ्चालन भइरहेको छ, जसमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, […]

Apr 28, 2025 - 16:05
 0
सार्क कार्यक्रम समितिको बैठक काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ६०औं कार्यक्रम समिति (प्रोग्रामिङ कमिटी)को बैठक आइतबारदेखि काठमाडौंस्थित सार्क सचिवालयमा सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा सदस्य राष्ट्रका प्रतिनिधि, सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुख र सचिवालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।

बैठक नेपालको अध्यक्षतामा सञ्चालन भइरहेको छ, जसमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका विदेश÷परराष्ट्र मन्त्रालयका संयुक्त सचिव वा महानिर्देशक तहका व्यक्तिहरूको सहभागिता छ ।

बैठकको उद्घाटन नेपाल सरकारका परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले गरेका हुन् । उद्घाटन मन्तव्यमा सचिव राईले क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न र सार्कका संयन्त्रहरूलाई सक्रिय बनाउने आवश्यकतामा जोड दिए ।

सार्कका महासचिव महामहिम मोहम्मद गोलाम सरवारले स्वागत मन्तव्य दिँदै बैठकको आयोजना तथा सार्क प्रक्रियामा सदस्य राष्ट्रहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरे । उनले कार्यसूची समितिलाई ‘सार्क प्रक्रियाको इन्जिन रुम’को संज्ञा दिँदै क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरू समाधान गर्न एकीकृत प्रयासको आह्वान गरे ।

बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन स्थिति, २०२५ का लागि सचिवालय तथा विशेष निकायहरूको बजेट र कार्यक्रम स्वीकृति, खाद्य सुरक्षा, व्यापार, ऊर्जा, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, गरिबी न्यूनीकरण र सामाजिक विकास लगायतका क्षेत्रहरूको प्रगति मूल्याङ्कनजस्ता महत्वपूर्ण विषयमा छलफल भइरहेको छ । साथै, आगामी सार्क बैठकहरूको आयोजना र २०२५ का लागि सार्क गतिविधिहरूको पात्रो अनुमोदनसमेत गरिँदै छ ।

६०औं कार्यक्रम समितिको बैठक यही वैशा १७ गते सम्पन्न हुने सार्क सचिवालयले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register