पत्रकार रजककाे हत्या एभिन्युजद्वारा गम्भीर आपत्ति, सरकारसँग न्याय र शहीद घोषणा गर्न माग

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एभिन्युज खबरका पत्रकार सुरेश रजकको जिउँदै जलाएर हत्या गरिएको छ। घटनाले टेलिभिजन परिवार र पत्रकार रजकको परिवारलाई मर्माहित बनाएको छ। प्रदर्शन कभर्ड गरिरहेका पत्रकारको हत्याले देशको सुरक्षा व्यवस्था र राज्यको गैर जिम्मेवारीपनप्रति गम्भीर प्रश्न खडा गरेको छ। टेलिभिजन परिवार र मृतक पत्रकार रजकको परिवारले सरकारसँग तत्काल न्यायको माग गर्दै, […]

Mar 29, 2025 - 09:54
 0
पत्रकार रजककाे हत्या एभिन्युजद्वारा गम्भीर आपत्ति, सरकारसँग न्याय र शहीद घोषणा गर्न माग

काठमाडौं ।

तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एभिन्युज खबरका पत्रकार सुरेश रजकको जिउँदै जलाएर हत्या गरिएको छ। घटनाले टेलिभिजन परिवार र पत्रकार रजकको परिवारलाई मर्माहित बनाएको छ। प्रदर्शन कभर्ड गरिरहेका पत्रकारको हत्याले देशको सुरक्षा व्यवस्था र राज्यको गैर जिम्मेवारीपनप्रति गम्भीर प्रश्न खडा गरेको छ।

टेलिभिजन परिवार र मृतक पत्रकार रजकको परिवारले सरकारसँग तत्काल न्यायको माग गर्दै, उच्चस्तरीय छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न अपिल गरेका छन्। उनीहरूले मृतकलाई शहीद घोषणा र परिवारलाई उचित क्षतिपूर्ति पनि माग गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register