शिक्षक आन्दोलनबारे सरकारले दिनुपर्ने जवाफ सत्तारूढ सांसदले दिएको भन्दै  प्रतिपक्षी दलको आपत्ति

काठमाडौं । शिक्षक आन्दोलन सम्बोधनका सवालमा मन्त्रीले दिनुपर्ने जवाफ सत्तारूढ सांसदबाट आएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डले प्रतिपक्षी दलहरूको तर्फबाट सोमबार दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल र सरकारको जवाफ आफुहरूले चाहेको बताए । ‘शिक्षकहरूको समस्या समाधानमा के भइरहेको छ भन्ने […]

Apr 29, 2025 - 07:19
 0
शिक्षक आन्दोलनबारे सरकारले दिनुपर्ने जवाफ सत्तारूढ सांसदले दिएको भन्दै  प्रतिपक्षी दलको आपत्ति

काठमाडौं । शिक्षक आन्दोलन सम्बोधनका सवालमा मन्त्रीले दिनुपर्ने जवाफ सत्तारूढ सांसदबाट आएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डले प्रतिपक्षी दलहरूको तर्फबाट सोमबार दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल र सरकारको जवाफ आफुहरूले चाहेको बताए । ‘शिक्षकहरूको समस्या समाधानमा के भइरहेको छ भन्ने विषय जनप्रतिनिधि संस्था संसदमा सरकारले आफ्नो भनाइ राख्नुपर्छ । सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ,’ उनले भने ।

सरकारबाट वार्ता र सहमतिको अपेक्षा भएपनि सरकार शिक्षकहरूमाथि दमन गर्न लागेको भन्दै उनले आपत्ति जनाए । उनले सभामुखसँग शिक्षक आन्दोलन सम्बोधनका सवालमा जवाफ दिन रूलिङको माग पनि गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेको भनाइ पछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले  समय लिएर जवाफ दिएका थिए । उनले प्रतिपक्षी दलले भनेजस्तो सरकार शिक्षक आन्दोलनका सवालमा अनुदार नरहेको बताए । ‘मान्य सदस्यहरूले दर्ता गर्नुभएको सार्वजनिक महत्वको प्रस्ताव सिंगो हाउसको हो । उहाँहरूले सरकार अनुदार बनेको हो की भन्नुभयो । सरकार शिक्षक आन्दोलन सम्बोधनका लागि निरन्तर वार्तामा छ । सरकारले काम पनि गरिरहेकाले सकरात्मक पनि बनौँ,’ उनले भने ।

उनको भनाइपछि दुई सांसदले कुरा राखे लगत्तै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेले उठेर सभामुखसँग समय माग गरे । त्यसपछि सरकारले दिनुपर्ने जवाफ सत्तारूढ सांसदबाट आएको भन्दै उनले आपत्ति जनाए । ‘हामीले सरकारबाट जवाफ माग गरेका हौँ । सांसदहरूबाट होइन,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register