गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ माग गरेको छ । मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो। सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ । ‘आफै‌ँ वा आफ्ना कानुन बमोजिमको […]

Apr 29, 2025 - 12:49
 0
गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ माग गरेको छ ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ । ‘आफै‌ँ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईँकेलले भने।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले अवहेलनाको रिट दर्ता गरेका थिए ।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले अदालतले विश्वसनीयता गुमाइरहेको अभिव्यक्ति दिएका थिए । ‘संवैधानिक पदाधिकारीको पदावधि सकिनै लाग्दा पनि हाम्रो सम्मानित अदालतले कहिले हेर्दा हेर्दै भनेको छ । कहिले हेर्न नभ्याइने भनेको छ कहिले के भनेको छ । यसले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको छ,’ उनले भने ।

उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register