एनपीएल : जसले सबैभन्दा धेरै विकेट लिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा उपविजेता टोली सुदूरपश्चिम रोयल्सका फास्ट बलर स्कट कुगलेइन सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले ९ खेलमा १७ विकेट लिए । उनले पोखराविरुद्ध ५ विकेट लिएका थिए । समान १७ नै विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशी दोस्रो स्थानमा रहे । उनले १० खेलमा […]

Dec 21, 2024 - 10:35
 0
एनपीएल : जसले सबैभन्दा धेरै विकेट लिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा उपविजेता टोली सुदूरपश्चिम रोयल्सका फास्ट बलर स्कट कुगलेइन सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

उनले ९ खेलमा १७ विकेट लिए । उनले पोखराविरुद्ध ५ विकेट लिएका थिए ।

समान १७ नै विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशी दोस्रो स्थानमा रहे । उनले १० खेलमा सो विकेट लिएका हुन् । उनले उत्कृष्ट प्रदर्शन काठमान्डु गुर्खाजविरुद्ध रह्यो । उनले ८ रन खर्चेर ३ विकेट लिएका थिए । उनले प्रतियोगितामा ५ मेडन ओभरसमेत बलिङ गरेका छन् ।

तेस्रो स्थानमा चितवन राइनोजका फास्ट बलर सोहेल तानबिर छन् । उनले ८ खेलमा १४ विकेट लिएका छन् । उनले आफ्नो पहिलो खेलमै काठमान्डुविरुद्ध ५ विकेट लिएका थिए ।

चौथो स्थानमा जनकपुर बोल्ट्सका फास्ट बलर किशोर महतो रहेका छन् । उनले १४ विकेट लिएका छन् ।

साथै, पाँचौ स्थानमा कर्णाली याक्सका आइकोनिक प्लेयर विपिन शर्मा रहे । उनले ८ खेलमा १३ विकेट लिएका छन् । उनी एनपीएलका सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register