चरम यातनासहित जेल जीवन बिताएका दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’

बिर्तामोड, १७ बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्ने भएको छ । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले यही बैशाख २० गते झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट [...] The post चरम यातनासहित जेल जीवन बिताएका दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ appeared first on Jhapa Online.

Apr 30, 2025 - 15:47
 0
चरम यातनासहित जेल जीवन बिताएका दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’

बिर्तामोड, १७ बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्ने भएको छ ।

पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले यही बैशाख २० गते झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट नागरिक सम्मान समर्पण कार्यक्रमबारे जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले योग्यभन्दा योग्य व्यक्ति छनोट गरेर नागरिक सम्मान समर्पण गर्न लागेको बताउनुभयो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।

सामाजिक रूपान्तरणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको साहसिक कार्यको सम्मान स्वरुप प्रतिष्ठाने रू एक लाख एक हजार रुपैयाँसहितको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्न लागेको उहाँले बताउनुभयो ।

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको एक करोड रुपैयाँको अक्षय कोषमार्फत नागरिक सम्मान प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । पछिल्लो समय बैंक ब्याजदर घटे पनि प्राप्त हुने ब्याज पुरस्कार प्रदान गर्न पर्याप्त हुने उहाँले बताउनुभयो । उहाँले सबैको सहयोगबाट कार्यक्रम सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले विगत २०५५ सालदेखि नै प्रतिष्ठानले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तिहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको बताउनुभयो । २०५५ सालदेखि प्रतिष्ठानले एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पुरस्कृत गर्दै आएको समेत स्मरण गर्नुभयो ।

प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यक्रम बिर्तामोडस्थित ग्रीनफिल्ड स्कुलको प्राङ्गणमा हुने उहाँले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत वर्ष आदर्श नागरिक सम्मानबाट नेपाली हाँस्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी स्वस्तिका आचार्यले गर्नुभएको थियो ।

The post चरम यातनासहित जेल जीवन बिताएका दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register