कुलमानको रिटको पहिलो सुनुवाइ शुक्रबार

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीविरुद्ध कुलमान घिसिङले दिएको रिट निवेदनको पहिलो सुनुवाइ तय भएको छ। सर्वोच्च अदालतले शुक्रबार सुनुवाइ तोकेको हो । घिसिङले बुधबार प्रतिनिधिमार्फत सर्वोच्चमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै घिसिङले रिट निवेदन दिएका हुन् । उनले […]

Mar 27, 2025 - 07:35
 0
कुलमानको रिटको पहिलो सुनुवाइ शुक्रबार

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीविरुद्ध कुलमान घिसिङले दिएको रिट निवेदनको पहिलो सुनुवाइ तय भएको छ। सर्वोच्च अदालतले शुक्रबार सुनुवाइ तोकेको हो । घिसिङले बुधबार प्रतिनिधिमार्फत सर्वोच्चमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको छ ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै घिसिङले रिट निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा  उनको  जिकिर गरेका छन् ।

सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register