कुखुरा आँगनमा आएपछि बाबुमाथि छोराले चलाए गोली

झापा, १८ बैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले आफ्नै बुबा ५९ वर्षीय कान्छाराम थिङमाथि गोली चलाएका हुन् । भरुवा बन्दुकबाट गोली प्रहारबाट कान्छाराम घाइते भएका छन् भने छोरा इमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका [...] The post कुखुरा आँगनमा आएपछि बाबुमाथि छोराले चलाए गोली appeared first on Jhapa Online.

May 1, 2025 - 02:53
 0
कुखुरा आँगनमा आएपछि बाबुमाथि छोराले चलाए गोली

झापा, १८ बैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् ।

आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले आफ्नै बुबा ५९ वर्षीय कान्छाराम थिङमाथि गोली चलाएका हुन् ।

भरुवा बन्दुकबाट गोली प्रहारबाट कान्छाराम घाइते भएका छन् भने छोरा इमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जनाएका छन् । बुवा र छोरा अलग बस्दै आएपनि आँगन एउटै रहेको थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

The post कुखुरा आँगनमा आएपछि बाबुमाथि छोराले चलाए गोली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register