‘सीप मेला २०८२’ आयोजना गर्दै काठमाडौँ महानगर, २ हजार ८२ जनालाई तालिम सिकाउने लक्ष्य 

काठमाडौँ । काठमाडौँ महानगरले सीप मेला आयोजना गर्ने भएको छ । महानगरले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको हो ।  सीपयुक्त जनशक्ति उत्पादन गर्ने, रोजगारी सृजना गर्ने र मुलुकको उत्पादनसँगै समग्र देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने भन्दै सीप मेलाको आयोजना गर्न लागेको महानगरले जनाएको छ ।  जेठ ७ गतेदेखि सुरु हुने […]

May 1, 2025 - 09:13
 0
‘सीप मेला २०८२’ आयोजना गर्दै काठमाडौँ महानगर, २ हजार ८२ जनालाई तालिम सिकाउने लक्ष्य 

काठमाडौँ । काठमाडौँ महानगरले सीप मेला आयोजना गर्ने भएको छ । महानगरले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको हो । 

सीपयुक्त जनशक्ति उत्पादन गर्ने, रोजगारी सृजना गर्ने र मुलुकको उत्पादनसँगै समग्र देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने भन्दै सीप मेलाको आयोजना गर्न लागेको महानगरले जनाएको छ । 

जेठ ७ गतेदेखि सुरु हुने उक्त सीप मेलामा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जनाएका छन् । उनका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा संख्यालाई दक्ष बनाउनेछ भने स्वरोजगार बन्न प्रेरित गर्नेछ । 

महानगरले यसअघि पहिलो संस्करणको सीप मेलामा २ हजार ५ सय ७५ जनालाई सीपमूलक तालिम प्रदान गरेको थियो । उक्त सीप मेलामा तालिम लिएकाहरु हाल रोजगार क्षेत्रमा आबद्ध भएको, केही प्रशिक्षार्थी स्वरोजगार बनेको र रोजगारी नभएकाहरुलाई उद्योग तथा कम्पनीहरुसँग सहकार्य गरेर प्रशिक्षार्थीका रुपमा काम दिइरहेको महानगरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register