झापाको बाह्रदशीबाट प्रतिबन्धित औषधीसहित मेडिकल सञ्चालिका पक्राउ

झापा, १९ बैशाख । झापाको बाह्रदशी गाँउपालिका–५ स्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल सञ्चालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ [...] The post झापाको बाह्रदशीबाट प्रतिबन्धित औषधीसहित मेडिकल सञ्चालिका पक्राउ appeared first on Jhapa Online.

May 2, 2025 - 03:29
 0
झापाको बाह्रदशीबाट प्रतिबन्धित औषधीसहित मेडिकल सञ्चालिका पक्राउ

झापा, १९ बैशाख । झापाको बाह्रदशी गाँउपालिका–५ स्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल सञ्चालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाइक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित पक्राउ परेकी उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको बाह्रदशीबाट प्रतिबन्धित औषधीसहित मेडिकल सञ्चालिका पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register